भ्रष्टाचार सूचकांक : १०८औं स्थानमा नेपाल

भ्रष्टाचार सूचकांक : १०८औं स्थानमा नेपाल

काठमाडौं । नेपालले यस वर्ष भ्रष्टाचार अवधारणा सूचकांक (सीपीआई)मा गत वर्षको तुलनामा एक अंक बढी पाएको छ ।

ट्रान्सपरेन्सी इन्टरनेशनल नेपालले मंगलबार सार्वजनिक गरेको भ्रष्टाचार सम्बन्धी विश्वव्यापी सूचकांक (सीपीआई)- २०२३ मा १०० मा ३४ अंक पाएर नेपाल १०८औं स्थानमा परेको छ ।

यो वर्ष नेपाल गत वर्षभन्दा दुई स्थान तल झरेको हो । गत वर्ष नेपाल ३५ अंक पाएर ११०औं स्थानमा थियो । दक्षिण एसियामा सबैभन्दा कम भ्रष्टाचार हुने देशमा भुटान परेको छ । भुटान ६८ अंकका साथ २६ औं स्थानमा रहेको छ भने सबैभन्दा बढी भ्रष्टाचार हुने मुलुकमा अफगानिस्तान छ ।

ट्रान्सपरेन्सी नेपालले विश्वका १८० देशहरूलाई समेटेर तयार गरेको प्रतिवेदनअनुसार ९० अंकसहित डेनमार्क कम भ्रष्टाचार हुने देशमा परेको छ भने सोमालिया ११अंकसहित सबैभन्दा धेरै भ्रष्टाचार हुने देशमा परेको छ ।

यो प्रतिवेदनमा ४० भन्दा कम अंक ल्याउने देशहरू अत्यधिक भ्रष्टाचार हुने देशअन्तर्गत पर्दछन् ।

प्रकाशित मिति:     १६ माघ २०८०, मंगलवार  |    Himali Khabar