एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन समिति गठन हुने

एनसेलको सेयर किनबेच सम्बन्धमा छानबिन समिति गठन हुने

काठमाडौं । एनसेलको सेयर किनबेच प्रकरणबारे विस्तृत छानबिन गर्न समिति गठन हुने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्तारुढ दलका शीर्ष नेताहरुसँग मंगलबार बालुवाटारमा छलफल गरेलगत्तै संचार तथा सूचना प्रविधि मन्त्रालयले वक्तव्य जारी गर्दै छानबिन समिति गठन हुने जनाएको हो ।

संभवत बिहीबारको मन्त्रिपरिषद् बैठकले छानबिन समिति बनाउनेछ । र छानबिनबाट कुनै अनियमिता भएको पाइएमा सम्बन्धित सबैलाई तत्काल कानुन बमोजिम कडा कारबाहीको दायरामा ल्याउने सञ्चार मन्त्री रेखा शर्माले जानकारी दिइन् ।

‘क्याबिनेटबाट यस सम्बन्धमा अध्ययन तथा छानबिन समिति बन्नेछ, उनले भनिन्, त्यसले सिफारिस गरे बमोजिम सरकार अगाडि बढ्ने छ।’ उनले समितिमा को को रहनेबारे मन्त्रिपरिषदको बैठकले नै निर्णय गर्ने पनि बताइन् ।

प्रकाशित मिति:     २० मंसिर २०८०, बुधबार  |    Himali Khabar