भूकम्प पिडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

भूकम्प पिडितले अस्थायी आवास बनाउन ५० हजार पाउने

काठमाडौं । विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठकले जाजरकोट केन्द्रबिन्दु भइ गएको भूकम्पबाट प्रभावित प्रतिपरिवारलाई अस्थायी आवास निर्माण गर्न ५० हजार दिने निर्णय गरेको छ।

समितिका अध्यक्ष तथा उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा सिंहदरबारमा आज बसेको समितिको १९औँ बैठकले भूकम्पपीडित प्रति परिवारलाई २५र२५ हजार रुपैयाँ गरी दुई किस्तामा सो रकम दिने निर्णय गरेको हो।

उपप्रधानमन्त्री श्रेष्ठले भूकम्पपीडितलाई अस्थायी आवास निर्माणका लागि तत्काल रकम र प्राविधिक पठाइने बताए।

प्रकाशित मिति:     २६ कार्तिक २०८०, आईतवार  |    Himali Khabar