काठमाडौं । राष्ट्रिय जनगणनाअन्तर्गतको घरपरिवार सर्वेक्षण तथ्यांकअनुसार कुल परिवारमा ४१ लाख २२ हजार ६ सय ९० परिवार अर्थात् ६१.८९ प्रतिशत बैंकिङ पहुँचमा रहेको पाइएको छ।
६१.८९ प्रतिशत परिवारबाट कम्तिमा एकजना सदस्यको बैंकमा खाता रहेको पाइएको छ। यसमा सहकारीको तथ्यांक भने समावेश गरिएको छैन।
व्यक्तिगततर्फ भने २५.५६ प्रतिशत जनसंख्यामात्र बैंकिङ पहुँचमा छन्। अर्थात् २ करोड ९१ लाख ६४ हजार जनसंख्यामध्ये ७४ लाख ९ हजार १ सय ८१ जनाको कम्तिमा एउटा खाता रहेको छ। यो तथ्यांक पनि सहकारीबाहेकको हो।