एनआरएन विवाद: बद्री र आरकेबीच छलफल

एनआरएन विवाद: बद्री र आरकेबीच छलफल

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) मा विवादबीच दुई पक्षका अध्यक्षबीच भेटवार्ता भएको छ । एनआरएनएको निर्वाचनमा धाँधली भएको भन्दै दुई उम्मेदवारबीच विवाद सुरू भएको थियो।

त्यसैबीच बिहीबार साँझ अध्यक्ष आरके शर्मा र अर्का अध्यक्ष बद्री केसीबीच ठमेलस्थित हिमालयन जाभामा भेट भएको हो।उनीहरूबीच करिब तीस मिनेट भेटवार्ता भएको हो। भेटको क्रममा आरके शर्माले पुन: निर्वाचनको प्रस्ताव अघि सारेका छन्।

दुवै पक्षले निर्वाचन त्रुटिपूर्ण रहेको भन्ने स्वीकार गरेकाले पुन: निर्वाचन हुनुपर्ने प्रस्ताव अघि सारेको शर्माले बताए।

प्रकाशित मिति:     १० कार्तिक २०८०, शुक्रबार  |    Himali Khabar