विदेशी मुद्रा सञ्चिति झण्डै १६ खर्ब पुग्यो

विदेशी मुद्रा सञ्चिति झण्डै १६ खर्ब पुग्यो

काठमाडौं । नेपालमा विदेशी मुद्राको सञ्चिति झण्डै १६ खर्ब रुपैयाँ हाराहारी पुगेको छ । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो दुई महिनाको वर्तमान आर्थिक तथा वित्तीय स्थितिको तथ्यांक सार्वजनिक गर्दै यस्तो जानकारी गराएको हो ।

साउनमा १५ खर्ब ७३ अर्ब १२ करोड रुपैयाँ रहेको विदेशी मुद्राको सञ्चिति एक महिनामा झण्डै २५ अर्ब ७८ करोड रुपैयाँ थप भई भदौ मसान्तसम्म १५ खर्ब ९८ अर्ब ९० करोड रुपैयाँ पुगेको छ । यो सञ्चिति आर्थिक वर्ष २०७९/८० को अन्तिम महिना (असार)को तुलनामा ३.९ प्रतिशत धेरै हो ।

प्रकाशित मिति:     ३० आश्विन २०८०, मंगलवार  |    Himali Khabar