अमेरिकाको राष्ट्रिय ऋण इतिहासमै पहिलो पटक ३३० खर्ब डलर नाघ्यो

अमेरिकाको राष्ट्रिय ऋण इतिहासमै पहिलो पटक ३३० खर्ब डलर नाघ्यो

काठमाडौं । अमेरिकाको राष्ट्रिय ऋण इतिहासमै पहिलो पटक ३३० खर्ब डलर नाघेको छ । अमेरिकाको ट्रेजरी विभागका अनुसार संघीय सरकारले सञ्चालन खर्च धान्न ऋण लिएको ऋण सोमबार ३३० खर्ब ४ अर्ब डलर पुगेको हो ।

आर्थिक वर्ष सन् २०१९ र सन् २०२१ को बीचमा सरकारी खर्च करिब ५०% प्रतिशतले वृद्धि भएपछि राष्ट्रिय ऋण ३३० खर्ब डलर नाघेको ट्रेजरी विभागले उल्लेख गरेको छ । कोभिड महामारीको समयमा व्यापक बेरोजगारीको परिणामस्वरुप कर कटौती, प्रोत्साहन कार्यक्रममा खर्च वृद्धि र राजस्व आम्दानीमा गिरावट आएका कारण सरकारी ऋण नयाँ उचाइमा पुगेको हो ।

यता, अमेरिकामा राष्ट्रिय ऋण रेकर्ड विन्दुमा पुगेको समयमा बजेट पास नहुँदा सरकारी कामकाज नै ठप्प हुन सक्ने सम्भावना बढ्न थालेकोे छ

प्रकाशित मिति:     ३ आश्विन २०८०, बुधबार  |    Himali Khabar