यो बर्ष नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने

यो बर्ष नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने

काठमाडौं । एसियाली विकास बैंक (एडीबी)ले २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको छ । बुधबार एडीबीले ‘एसियन डेभलपमेन्ट आउट लुक २०२३’ रिपोर्ट सार्वजनिक गर्दै सन २०२३ मा नेपालको आर्थिक वृद्धिदर ४.३ प्रतिशतमा सीमित रहने प्रक्षेपण गरेको हो ।

रिपोर्टमा कोभिड महामारीपछि लगातार २ वर्ष बलियो आर्थिक वृद्धि हासिल गरे पनि गत आर्थिक वर्षमा वृद्धिदर अपेक्षित भन्दा बढी नै घटेको उल्लेख गरेको छ । गत आर्थिक वर्षमा आर्थिक वृद्धिदर १.९ प्रतिशतमा सीमित भए पनि यस वर्ष भने नेपालको आर्थिक वृद्धिदर विस्तार हुँदै ४.३ प्रतिशत पुग्ने एडीबीको प्रक्षेपण छ ।

यस्तै, चालु आर्थिक वर्षमा नेपालको मुद्रास्फीति अर्थात महंगी घटेर ६.२ प्रतिशत हाराहारीमा सीमित हुने प्रक्षेपण छ भने केन्द्रीय बैंकले नीतिगत दर घटाएका कारण ब्याजदर कम हुने र आर्थिक गतिविधिले गति लिने एडीबीको अनुमान छ ।

प्रकाशित मिति:     ३ आश्विन २०८०, बुधबार  |    Himali Khabar