निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिनेगरी विद्युत् विधेयक मन्त्रिपरिषदबाट स्वीकृत

निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिनेगरी विद्युत् विधेयक मन्त्रिपरिषदबाट स्वीकृत

काठमाडौं। सरकारले निजी क्षेत्रलाई विद्युत् व्यापारको लाइसेन्स दिनेगरी विद्युत् विधेयक मन्त्रिपरिषदबाट स्वीकृत गरेको छ। संघीय संसदमा दर्ताका लागि मन्त्रिपरिषद्ले विधेयक स्वीकृत गरेको हो।

विधेयक अब सम्पादन प्रक्रियाका लागि कानुन मन्त्रालय पठाइने छ। सोपछि विभागीय मन्त्रालयले संसदमा दर्ता गर्ने छ । विधेयक प्रस्तावित अनुसार पारित भएमा प्राधिकरणको एकाधिकार तोडिने छ।

निजी क्षेत्रले लामो समयदेखि विद्युत् व्यापारको लाइसेन्स माग गर्दै आएको थियो।

प्रकाशित मिति:     १३ भाद्र २०८०, बुधबार  |    Himali Khabar