नेपालले १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने

नेपालले १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने

काठमाडौं । सरकारले भारतबाट तत्कालै १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको छ । उद्योग, वाणिज्य आपूर्ति मन्त्रालयले छलफल गरेर १० लाख मेट्रिक टन धान र १ लाख मेट्रिक टन चामल ल्याउने निर्णय गरेको वाणिज्य आपूर्ति तथा आपूर्ति संरक्षण विभागका महानिर्देशक गजेन्द्र प्रसाद ठाकुरले जानकारी दिए ।

मन्त्रालयमा सचिवसँग भएको छलफलका क्रममा तत्कालै १० लाख मेट्रिक टन धान, १ लाख मेट्रिक टन चामल र ५० हजार मेट्रिक टन चिनी ल्याउने निर्णय भएको उनले बताए । तर, कसरी र कहिले ल्याउनेबारे भने मन्त्रालयले निर्णय गर्नेछ ।

भारतले चामल निर्यातमा रोक लगाएपछि केही दिनअघि मुख्य सचिव डा. बैकुण्ठ अर्यालको संयोजकत्वमा बसेको केन्द्रीय अनुगमन तथा मूल्याङ्कन समितिको बैठकमा खाद्यान्न आपूर्तिको सहज व्यवस्थापनका विषयमा छलफल भएको थियो । त्यसक्रममा मुख्य सचिव अर्यालले देशमा उपलब्ध गोदाममा आवश्यक खाद्यान्न भण्डारणको व्यवस्था गर्नसमेत निर्देशन दिएका थिए ।

नेपाल चामल, तेल, दाल उद्योग संघले १० लाख टन धान आयात गर्न सरकारसँग माग गरेको थियो । संघका अध्यक्ष कुमुदकुमार दुगड सरकारले भारतसँग धान खरिद गर्न सके चामल प्रतिवन्धको असर नपर्ने बताउँछन् ।

प्रकाशित मिति:     १९ श्रावण २०८०, शुक्रबार  |    Himali Khabar