कालिमाटीका स्टल भाडामा लगाउन ५ सदस्यीय कार्यदल गठन

कालिमाटीका स्टल भाडामा लगाउन ५ सदस्यीय कार्यदल गठन

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका स्टललाई प्रतिस्पर्धात्मक रुपमा भाडामा लगाउने विषयमा समिति र राष्ट्रिय किसान सञ्जालका प्रतिनिधिबीच कार्यदल बनाइ समस्या समाधान गर्ने सहमति भएको छ।

मन्त्रालयका सहसचिवको नेतृत्वमा बन्ने कार्यदलमा समितिका ३ जना र सञ्जालका २ जना प्रतिनिधि गरी ५ जना सदस्य रहने नेपाल किसान महासंघका सभापति तथा किसान सञ्जालका संयोजक गणेशचन्द्र तिमिल्सिनाले जानकारी दिए।

‘कृषि तथा पशुपन्छी विकासमन्त्री डा बेदुराम भुसालको उपस्थितिमा भएको वार्तामा सो सहमति जुटेको हो। १५ वर्षदेखि एउटैको नाममा भाडामा थियो। यो सिन्डीकेट हटाउनु पर्छ भन्ने माग हो। अब कार्यदल गठन भएपछि कार्यदलले यस विषयमा नियमन गर्छ,’ उनले भने। सहमतिमा समितिका तर्फबाट समितिका अध्यक्ष मदन भुजेल र सञ्जालका तर्फबाट सञ्जालका संयोजक नेपाल किसान महासंघका सभापति गणेशचन्द्र तिमिल्सिनाले हस्ताक्षर गरेका छन्।

सञ्चालले गत २४ असारमा मन्त्री भुसाललाई भटेर ती विषयमा ध्यानाकर्षण गराएको थियो। सहमतिसँगै समितिको परिसरमा हुँदै आएको धर्ना स्थगन भएको छ।

प्रकाशित मिति:     १८ श्रावण २०८०, बिहीबार  |    Himali Khabar