४३ वटा कम्पनीमा लगानी गरेका शिव शिखरका पुर्वअध्यक्ष शर्माले १४ अर्ब हिनामिना गरे

४३ वटा कम्पनीमा लगानी गरेका शिव शिखरका पुर्वअध्यक्ष शर्माले १४ अर्ब हिनामिना गरे

काठमाडौं । १४ अर्ब रुपैयाँभन्दा बढी निक्षेप हिनामिना गरेको आरोप लागेका शिव शिखर बहुउद्देश्यीय सहकारी संस्थाका पूर्वअध्यक्ष केदारनाथ शर्माले भारतमा पनि संस्था खोलेको पाइएको छ ।

प्रहरी स्रोतका अनुसार उनले भारतमा श्रीमती गीताको नाममा शिखर अर्गनाइजेसन नामको संस्था खोलेको पाइएको हो ।

उनकी श्रीमती गितालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेको थियो । केदारनाथलाई भने मुम्बईस्थित एकजना भारतीय विधायकको घरमा लुकिबसेका थिए ।

शर्मामाथि सहकारीका बचतकर्ताको १४ अर्ब रुपैयाँभन्दा बढी रकम हिनामिना गरेको आरोप छ । बचत तथा मुद्दती खातामा जम्मा गरेको रकमको सावाँ तथा ब्याज रकम फिर्ता नपाएको भनी निक्षेपकर्ताले जाहेरी दरखास्त दिएपछि सीआईबीले शर्मामाथि अनुसन्धान सुरु गरेको थियो ।

उनको ४३ कम्पनीमा लगानी रहेको छ ।

प्रकाशित मिति:     १२ असार २०८०, मंगलवार  |    Himali Khabar