इपानको अध्यक्षमा कार्की, वरिष्ठ उपाध्यक्षमा डाँगीसहित पदाधिकारी चयन, डाँगी अर्को कार्यकालको अध्यक्ष

इपानको अध्यक्षमा कार्की, वरिष्ठ उपाध्यक्षमा डाँगीसहित पदाधिकारी चयन, डाँगी अर्को कार्यकालको अध्यक्ष

काठमाडौं । स्वतन्त्र उर्जा उत्पादकहरुको संस्था नेपाल (इपान)को अध्यक्षमा गणेश कार्की र बवरिष्ठ उपाध्यक्षमा मोहनकुमार डाँगी सहितका पदाधिकारी सर्वसम्मत चयन भएको छ ।
इपाको नयाँ कार्यसमिति चयनका लागि भोली निर्वाचन घोषणा गरिएपनि अध्यक्षका आकांक्षी किरण मल्लको उम्मेदवारी खारेजी एवम् र वरिष्ठ उपाध्यक्ष सुर्यप्रसाद अधिकारीको योग्यता नपुगेपछि डाँगी स्वत वरिष्ठ उपाध्यक्ष चयन भएका हुन ।

यस्तै ५ जना उपाध्यक्षहरु पनि सर्वसम्मत चयन भएका छन् । ७ जनाको उम्मेदवारी परेकोमा दुई जनाको योग्यता नपुगेपछि ५ जना सर्वसम्मत भएका हुन ।
उपाध्यक्षहरुमा आशिष गर्ग, भरतकुमार खत्री, उत्तम भ्लोन लामा, रामप्रसाद आचार्य र आनन्द चौधरी चयन भएका छन् ।

यस्तै ५ सचिवमा लागि ६ जनाको उम्मेदवारी परेकोमा एक जनाको योग्यता नपुगेपछि सचिवमा पनि सर्वसम्मत चयन भएक छन् । सचिवमा भरतप्रसाद नेपाल, भरतकुमार खड्का, कविता पोखरेल, विक्रम विष्ट र हिमप्रसाद पाठक चयन भएका छन् ।

कोषाध्यक्ष्ँमा नरेन्द्रबल्लभ पन्तको एकल उम्मेदवारी परेको थियो भने ३ जना महिला सदस्यमा इशा श्रेष्ठ, सुसन कर्माचार्य र सुमन जोशी चयन भएका छन् ।

७ जना सदस्यका लागि भने १४ जनाको उम्मेदवारी परेको छ । उनीहरुक लागि भोली निर्वाचन हुँदैछ ।

इपानमा वरिष्ठ उपाध्यक्ष अर्को कार्यकालको स्वत अध्यक्ष हुने व्इवस्था गरिएके छ । सो अनुसार अर्को कार्यकालका लागि डाँगी इपानको अध्यक्ष हुनेछन् ।

प्रकाशित मिति:     ३१ जेष्ठ २०८०, बुधबार  |    Himali Khabar