डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

डिजेलको मूल्य प्रतिलिटर १० रुपैयाँ घट्यो

काठमाडौं । नेपाल आयल निगमले डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर १० रुपैयाँका दरले घटाएको छ। इन्डियन आयल कर्पोरेसन ९आईओसी०बाट मूल्य घटेर आएको भन्दै मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर १० रुपैयाँ घटाइएको हो।

मंगलबार बसेको निगम सञ्चालक समितिको बैठकले डिजेल र मट्टितेलको मूल्य घटाउने निर्णय गरेको निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए। उनको अनुसार अब डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ५५ रुपैयाँ कायम भएको छ।

निगमले पेट्रोल, हवाई इन्धन, एलपी ग्यासको मूल्य यथावत राखेको छ। हाल पेट्रोलको मूल्य प्रतिलिटर १ सय ७५ रुपैयाँ, हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १ सय ६० रुपैयाँ र एलपी ग्यास प्रतिसिलिन्डर १ हजार ८ सय रुपैयाँ रहेको छ।

प्रकाशित मिति:     २ जेष्ठ २०८०, मंगलवार  |    Himali Khabar