कोरोनाको भारतीय भेरियन्ट अत्यन्त खतरनाक रहेको डल्ब्युएचओको चेतावनी

कोरोनाको भारतीय भेरियन्ट अत्यन्त खतरनाक रहेको डल्ब्युएचओको चेतावनी

काठमाडौं । विश्व स्वास्थ्य संगठन (डल्ब्युएचओ) ले भारतमा पाइएको कोरोनाको भेरियन्ट निकै चिन्तित गर्ने खालको रहेको बताएको छ ।डल्ब्युएचओले भारतमा फेला परेको बी.१.६१७ भेरियन्ट बढी नै संक्रामक देखिएको र यसलाई चिन्ताजनक ठानेको बताएको छ ।

डल्ब्युएचओको कोभिड–१९ का प्रमुख मारिया भेन केरखोभले यो भेरियन्ट अत्याधिक संक्रामक र खोपविरुद्ध पनि धेरै असर गर्ने खालको जानकारी प्राप्त भएको बताए । डल्ब्युएचओले बी.१.६१७ भेरियन्टको वंशावली भारतमा पहिलोपटक डिसेम्बरमा फेलापरेको जनाएको छ । यसको शुरुवाती रुप भने अक्टोबर २०२० मै फेला परेको थियो ।

यो भेरियन्ट विश्वका कयौं स्थानमा फैलिसकेको छ । र, कयौ देशले भारतबाट आउने उडानमाथि रोक लगाएका छन् । यो भेरियन्टका विषयमा थप जानकारी आज प्राप्त हुनेछ ।

यसैबीच डल्ब्युएचओका प्रमुख टेड्रोस एधनोम गेब्रेयासिसले डल्ब्युएचओ फाउन्डेशन टुगेदर फर इण्डिया अभियान शुरु गर्न लागेको बताएका छन् । भारतमा अक्सिजन, औषधि, स्वास्थ्यकर्मी र प्रोटेक्टिभ इक्विपमेन्ट खरिदका लागि रकम जम्मा गर्न यो अभियान शुरु गर्न लागिएको हो ।

प्रकाशित मिति:     २८ बैशाख २०७८, मंगलवार  |    Himali Khabar