नयाँ स्टक एक्सचेन्ज छान्न बोर्डले बनायो समिति

नयाँ स्टक एक्सचेन्ज छान्न बोर्डले बनायो समिति

काठमाडौं । आवेदन दिएका मध्ये नयाँ स्टक एक्सचेन्ज कम्पनी छान्न नेपाल धितोपत्र बोर्डले मूल्यांकन समिति गठन गरेको छ। बोर्डको आइतबार बिहान बसेको सञ्चालक समितिको बैठकले पाँच सदस्यीय मूल्यांकन समिति गठन गरेको हो।

मूल्यांकन समितिको संयोजकमा बोर्डको सञ्चालक समितिमा रहेका कानून न्याय तथा संसदीय मामिला मन्त्रालयका सहसचिव फणिन्द्र गौतम छन्। समितिका सदस्यहरुमा अर्थमन्त्रालयका सहसचिव रितेशकुमार शाक्य, राष्ट्र बैंकका कार्यकारी निर्देशक मुकुन्द कुमार क्षेत्री, बोर्डका कार्यकारी निर्देशक मुक्तिनाथ श्रेष्ठ र उपकार्यकारी निर्देशक अम्बिका गिरी छन्।

बोर्डमा स्टक एक्सचेन्जका लागि ३ वटा कम्पनीको आवेदन परेको छ भने कमोडिटी एक्सचेन्जको लागि ४ वटाको आवेदन परेको छ। निवेदन दिएका मध्ये एउटा स्टक एक्सचेन्ज र दुई वटा कमोडिडि एक्सचेन्जले अनुमति पाउनेछन्।

प्रकाशित मिति:     १८ बैशाख २०८०, सोमबार  |    Himali Khabar