काठमाडौं। पछिल्लो समय अण्डाको मूल्य निरन्तर बढ्न थालेको छ। नेपाल अण्डा उत्पादक संघका अनुसार अण्डाको मूल्य आज अहिलेसम्मकै उच्च कायम भएको छ।
आज प्रतिक्रेट अण्डाको मूल्य ३७० रुपैयाँ पुगेको छ। यस्तै, मध्यम अण्डाको मूल्य प्रतिक्रेट ३४० पुगेको छ। उत्पादन लागत नै बढेकाले उपभोक्ता मूल्य बढेको संघको भनाइ छ। संघका अनुसार दैनिक २४ लाख अण्डा उत्पादन हुँदै आएकामा रोगका कारण घटेर १७ लाख हाराहारीमा झरेको छ।