संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने पक्का

संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने पक्का

काठमाडौं । नेपाली कांग्रेसले अर्थमन्त्रीमा डा. प्रकाशशरण महतलाई पठाउने भएको छ । पार्टी पदाधिकारीहरूकै चर्को विरोधका वावजुद सभापति शेरबहादुर देउवा उहाँलाई अर्थमन्त्रीमा पठाउने निष्कर्षमा पुग्नुभएको हो ।

संकटोन्मुख अर्थतन्त्रको जिम्मेवारी महतको काँधमा आउने लगभग पक्का भएको नेताहरू बताउँछन् । पार्टीबाट सरकारको नेतृत्व गरी उपसभापति पूर्णबहादुर खड्का उक्त पदका आकांक्षी थिए । तर पार्टी सभापति देउवा महतको पक्षमा अडिग देखिएपछि उहाँको बाटो बन्द भएको देउवा निकट एक नेताले जानकारी दिए ।

गहिरिंदो आर्थिक संकटको निराकरण गर्न सक्षम व्यक्तिलाई अघि सार्नुपर्ने नेताहरूको राय थियो । पार्टीभित्र अधिकांश नेताले अहिलेको सरकार सफलता/असफलताको मापन अर्थमन्त्री हुने भएकाले सक्षम व्यक्ति अघि सार्न सुझाव दिएका थिए ।

प्रकाशित मिति:     १३ चैत्र २०७९, सोमबार  |    Himali Khabar