अत्यावश्यक बाहेक मन्त्री र कर्मचारी विदेश भ्रमणमा प्रतिवन्ध

अत्यावश्यक बाहेक मन्त्री र कर्मचारी विदेश भ्रमणमा प्रतिवन्ध

काठमाडौं। सरकारका मन्त्री र अन्य उच्च पदस्थ कर्मचारीले अब उप्रान्त अतिआवश्यक अवस्थामा बाहेक वैदेशिक भ्रमण गर्न नपाउने भएका छन्। सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले गत फागुन ३० गतेको मन्त्रिपरिषद्ले उक्त निर्णय गरेको जानकारी दिइन्।

बैठकले कृषि तथा पशुपन्छी विकास मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिवहरु एवं अतिरिक्त स्वास्थ्य सचिवहरुको वैदेशिक भ्रमण स्वीकृत गर्ने निर्णय गरेको छ।

प्रकाशित मिति:     २ चैत्र २०७९, बिहीबार  |    Himali Khabar