भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा

भोलि काठमाडौं उपत्यकामा सार्वजनिक यातायात बन्दको घोषणा

काठमाडौं । आन्दोलनरत यातायात मजदुरहरुले काठमाडौं उपत्यकामा मंगलबार सार्वजनिक यातायात बन्द घोषणा गरेको छ ।
नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, अखिल नेपाल यातायात मजदुर संघ र नेपाल यातायात मजदुर संघले संयुक्त रुपमा सार्वजनिक यातायात बन्दको आह्वान गरेको हो ।
उनीहरुले सरकारले आफूहरुसँग गरेको सहमति पालना नगरेको आरोप लगाएका छन् । नेपाल यातायात स्वतन्त्र मजदुर संगठनका अध्यक्ष भीमज्वाला राइले सार्वजनिक यातायात बन्द आह्वान गरिएको जानकारी दिए ।

प्रकाशित मिति:     १ फाल्गुन २०७९, सोमबार  |    Himali Khabar