यो बर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडिबिको प्रक्षेपण

यो बर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने एडिबिको प्रक्षेपण

काठमाडौं । एशियाली विकास बैंक (एडिबि) ले यो बर्ष नेपालको आर्थिक वृद्धिदर ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।
गत आर्थिक वर्षमा १.९ प्रतिशत नकारात्मक रहेको आर्थिक वृद्धिदर चालु आवमा ३.१ प्रतिशत हुने प्रक्षेपण गरेको छ ।

नेपालमा सञ्चालन भइरहेको कोरोनाको भ्याक्सिनेसन अभियानका कारण आर्थिक गतिविध चलायमान हुने अपेक्षा समेत गरेको छ । यस्तै आगामी २०७९/८० मा ५.१ प्रतिशत हुने एडिबिकाे प्रक्षेपण छ ।

कृषि क्षेत्रको वृद्धिदर २.४ प्रतिशतले बढ्ने र मौसम अनुकुल भएकाले धान उत्पादन १.३ प्रतिशतले बढ्ने प्रक्षेपण गरेको छ । त्यसैगरी उत्पादनमूलक र सेवामूलक क्षेत्र लकडाउन खुलेयता बिस्तारै चलायमान भएको उल्लेख गरेको छ । उद्योग, ठूला, साना तथा मध्यम खालको उद्यमशिलतालाई असर पुर्याएको उल्लेख गरेको छ ।

प्रकाशित मिति:     १५ बैशाख २०७८, बुधबार  |    Himali Khabar