काठमाडौं । चालू आर्थिक बर्ष २०७७/०७८ को चैतमा ३ अर्ब २ करोड ७१ लाख रुपैयाँको सुन आयात भएको छ । भन्सार विभागले सार्वजनिक गरेको चैत मसान्तसम्मको तथ्यांकअनुसार यो महिना चार सय ६० केजी सुन नेपाल भित्रिएको छ ।
परिमाणका आधारमा यो वर्ष मासिक औसतमा तीन सय केजी सुन आयात हुँदै आएको थियो । चैतमा त्योभन्दा बढी सुनको आयात भएको भन्सार विभागको तथ्यांकमा उल्लेख छ ।
अन्य महिनाहरूमा औसतमा २ अर्ब १४ करोड रुपैयाँ बराबरको सुन आयात हुने गरेको थियो । तर वैशाखमा हुने विवाहलाई लक्षित गरेर सुनको आयात बढेकाे हो । विवाहमा सुनका गरगहना लगाउने, उपहार स्वरूप सुनकै गरगहना आदानप्रदान गर्ने प्रचलन रहेकाले पनि यो महिना सुनको कारोवार अत्याधिक हुने गर्छ। त्यसका कारण नेपालमा सुनको खपत बढी हुन्छ । यस्ले गर्दा चैतमा सुनको आयात बढी भएको व्यावसायी बताउँछन ।