डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द

डान्स बार, क्लब, दोहोरी साँझ लगायतका रात्रिकालीन व्यवसाय वैशाख मसान्तसम्म बन्द

काठमाडौं,। रात्रिकालीन व्यवसाय बैशाख मसान्तसम्म बन्द गरिने भएको छ। कोरोना संक्रमण बढ्दै गएको भन्दै आज बसेको मन्त्रिपरिषद् बैठकले बैशाख मसान्तसम्म डान्स बार, क्लब, दोहोरी साँझलगायतका रात्रिकालीन व्यवसाय बन्द गर्ने निर्णय गरेका हो ।

सरकारले सीसीएमसी बैठकको सिफारिसअनुसार नै सो निर्णय गरेको बताइएको छ। योसँगै स्वीमिङ पुल, पार्टी प्यालेस, जिमखाना समेत बन्द हुने छ।

यस्तै धार्मिक स्थलमा समेत २५ जना भन्दा बढी भेला हुन नपाइने निर्णय मन्त्रीपरिषद्ले गरेको छ । मेला महोत्सव र भिडभाड हुने सबै स्थलमा कडाइ गर्ने निर्णय पनि भएको छ ।

तर रात्रिकालिन व्यवसायीहरुले भने सरकारले सबैभन्दा पहिलो निशाना रात्रिकालीन व्यवसायलाई बनाएको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर व्यवसाय संचालन गर्न दिनुपर्ने बताउँदै आएका छन् ।

प्रकाशित मिति:     ६ बैशाख २०७८, सोमबार  |    Himali Khabar