दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न माग 

दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न माग 

काठमाडौं । दरबारमार्ग क्षेत्रमा तत्काल पार्किङको व्यवस्था गर्न काठमाडौं महानगरपालिकासँग दरबारमार्ग विकास बोर्डले माग गरेको छ । माग सम्बोधन नभए महानगरविरूद्ध चरणबद्ध आन्दोलन गर्ने चेतावनी बोर्डले दिएको छ ।

शुक्रबार बोर्डले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै महानगरपालिकाले दरबारमार्ग क्षेत्रमा हटाएको पार्किङ तत्काल कायम नगरे महानगरविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको हो । बोर्डले विगत लोमा समयदेखि दबारमार्ग क्षेत्रमा वडा कार्यालय र ट्राफिक प्रहरीको समन्वयमा सडकको एक लाइनमा पार्किङ गर्दै आएको र एक लाइन पार्किङले ट्राफिक व्यवस्थापनमा कुनै समस्या नभएको बताएको छ । बोर्डसँग छलफल र सम्वाद नगरी पार्किङ हटाउने निर्णय बोर्डले नमान्ने बताएको छ ।

प्रकाशित मिति:     १४ माघ २०७९, शनिबार  |    Himali Khabar