आइतबार शेयर बजारले कायम गर्यो ऐतिहासिक रेकर्ड

आइतबार शेयर बजारले कायम गर्यो ऐतिहासिक रेकर्ड

काठमाडौं, २२ चैत । साताको पहिलो दिन आइतवार सेयर बजार परिसूचक नेप्सेले कीर्तिमानी उचाई कायम गरेको छ । नेप्से परिसूचक २५.७१ अंकले बढेर २६५७.६१ विन्दुमा पुगेको छ ।

उक्त अवधिसम्मा व्यापार, होटल्स तथा टुरिजम, उत्पादन, म्युचुअल फण्ड र लगानी बाहेक अन्य समूहको सूचकहरु वृद्धि भएको छ ।

बजार बढेको यस दिन २१२ कम्पनीको ९ अर्ब ६८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ। यो दिन सबैभन्दा धेरै सेयर कारोबार नेपाल इन्फ्रास्टक्चर बैंकको भएको छ । बैंकको ४६ करोड ८१ लाख रुपैयाँको सेयर कारोबार भएको छ । कमाउनेहरुको अग्रस्थानमा भने ओवी माइक्रोफानान्सका लागनीकर्ताहरु छन् । यस कम्पनीको शेयर मूल्य आज ९.९९ प्रतिशतले बढेको छ ।

प्रकाशित मिति:     २२ चैत्र २०७७, आईतवार  |    Himali Khabar