यी चार बैंकको सम्पूर्ण कारोबार बन्द हुने

यी चार बैंकको सम्पूर्ण कारोबार बन्द हुने

काठमाडौं । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकको २ दिनका लागि सम्पुर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको प्रक्रियामा रहेका यी बैंकहरुले एकिकृत कारोबारका लागि २५ र २६ गते २ दिन सम्पुर्ण कारोबार रोक्का गरी ‘डेटा माइग्रेशन’ अर्थात् तथ्यांक मिलन गर्न लागेका हुन् ।

यस्तै प्रभु बैंक र सेञ्चुरी कर्मसियल बैंकको ४ दिनका लागि सम्पुर्ण कारोबार रोक्का हुने भएको छ । मर्जरको प्रक्रियामा रहेका यी बैंकहरुले एकिकृत कारोबारका लागि ४ दिन सम्पुर्ण कारोबार रोक्का गरी ‘डेटा माइग्रेशन’ अर्थात् तथ्यांक मिलन गर्न लागेका हुन् । पुस २२ गते शुक्रबार राती १० बजेदेखि पुस २६ गते बिहान ९ बजेसम्म सम्पुर्ण कारोबार रोक्का रहेने यी दुबै बैंकले सुचनामार्फत जानकारी गराएका छन् ।

प्रकाशित मिति:     २३ पुष २०७९, शनिबार  |    Himali Khabar