साउन ७ भित्र मौद्रिक नीति ल्याउनै पर्ने

साउन ७ भित्र मौद्रिक नीति ल्याउनै पर्ने

काठमाडौं । नेपाल राष्ट्र बैंकले मौद्रिक नीति सार्वजनिक गर्ने मिति तोकेको छ । राष्ट्र बैंकले मौद्रिक नीति तर्जुमा कार्यविधि, २०७३ प्रथम संशोधन, २०७९ सार्वजनिक गर्दै हरेक वर्षको साउन ७ गतेभित्र मौद्रिक नीति सार्वजनिक गर्ने व्यवस्था गरिएको हो । राष्ट्र बैंकले मौद्रिक नीति ल्याउनु अगाडि गर्ने छलफलका लागि कार्यतालिका समेत बनाएको छ ।

मौद्रिक नीतिलाई राष्ट्र बैंकका विभाग तथा सरोकारवालासँग छलफल गर्न अनुसन्धान विभागका कार्यकारी निर्देशकको संयोजकत्वमा समिति गठन हुनेछ । विभागले वार्षिक मौद्रिक नीति तर्जुमाका लागि जेठ महिनाको दोस्रो हप्ताभित्र र त्रैमासिक तथा अर्ध वार्षिक समीक्षाका लागि हरेक त्रैमास समाप्त भएको १५ दिनभित्र मौद्रिक नीतिका लागि आवश्यक राय सुझाव माग गर्न पत्राचार गर्नेछ ।

नेपालको संविधान २०७२ मा सरकारको बजेट ल्याउने मिति जेठ १५ लाई तोकिएको छ ।

प्रकाशित मिति:     २१ पुष २०७९, बिहीबार  |    Himali Khabar