नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

नारायणगढ–मुग्लिन सडकमा दैनिक चार घण्टा सवारी रोकिने

भरतपुर । नारायणगढ मुग्लिन सडक खण्डमा दैनिक चार घण्टा सवारी आवागमन रोकिने भएको छ। सडक खण्डमा पर्ने पुल निर्माणका लागि सवारी रोक्न लागिएको हो।

जिल्ला प्रशासन कार्यालय चितवनमा आज सम्पन्न सरोकारवालाको बैठकले पुस ५ गतेदेखि एक महिनाका लागि सडक रोकेर काम गर्ने निर्णय गरिएको छ। सडक बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म रोकिने छ।

भौगोलिक रुपमा कठिन ठाउँमा रहेका सिमलताल, कालीखोला, तुईन खोला र चिसेन्जी खोला पुल निर्माणका लागि पहाड काट्ने लगायतका कामको लागि सवारी आवागमन रोक्न लागिएको हो।

प्रकाशित मिति:     २७ मंसिर २०७९, मंगलवार  |    Himali Khabar