चिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार आउँदै

चिनियाँ अनुदानको आठ लाख डोज खोप सोमबार आउँदै

काठमाडौं, १५ चैत । चीनले अनुदानमा दिने आठ लाख डोज कोभिडविरुद्धको खोप सोमबार नेपाल ल्याइने भएको छ ।

स्वास्थ्य मन्त्रालयका अनुसार खोप लिन चार्टर विमान आइतबार बिहान चीन जाँदै छ । अनुदानको सो खोप बेइजिङमा तयार अवस्थामा छ । १८ माघमा तीन लाख खोप सहायता गर्ने बताएको चीनले १७ फागुनमा त्यसलाई बढाएर आठ लाख खोप दिने घोषणा गरेको थियो । यसअघि भारतले १० लाख डोज खोप अनुदान दिएको थियो ।

नेपालमा खोप अभियान १४ माघमा सुरु भएको हो । बढीमा आठ सातामा दोस्रो डोज लगाउनुपर्नेमा १२ सातापछि (७ वैशाखमा) मात्र लगाउने सरकारी तयारी छ ।

प्रकाशित मिति:     १५ चैत्र २०७७, आईतवार  |    Himali Khabar