पाँच कम्पनीलाई आइपीओ निष्काशनको स्वीकृति, यी हुन् कम्पनी

पाँच कम्पनीलाई आइपीओ निष्काशनको स्वीकृति, यी हुन् कम्पनी

काठमाडौं। नेपाल धितोपत्र बोर्डले बिहीबार प्राथामिक सेयर निष्कासनका लागि आवेदन दिने करिब आधा दर्जन कम्पनीलाई स्वीकृती दिएको छ।

बोर्डले विभिन्न पाँच हाइड्रोपावर कम्पनीलाई ३ अर्ब ९८ करोड बराबरको ३ करोड ९८ लाख कित्ता आइपीओका लागि स्वीकृति दिएको हो।

बोर्डले एसिएन हाइड्रोपावर लिमिटेडले ३४.७१ प्रतिशत आइपीओ जारीको स्वीकृति पाएको छ। कम्पनीले ३४ करोड बराबरको ३४ लाख कित्ता आइपीओ जारी गर्ने भएको हो।

यस्तै बोर्डबाट सुपरमाई हाइड्रोपावरले ५० करोड बराबरको ५० लाख कित्ता, सुपर मादी हाइड्रोपावरले २ अर्ब १० करोड बराबरको २ करोड १० लाख कित्ता आइपीओ जारी गर्न स्वीकृति पाएका छन्।माया खोला हाइड्रोपावर कम्पनीले १ अर्ब बराबरको १ करोड कित्ता प्राथमिक सेयर निष्कासनको अनुमति पाएका छन्। सुलभ पावर लिमिटेडले पनि ४ करोड बराबरको ४ लाख कित्ता आइपीओ जारी गर्न बोर्डले अनुमति दिएको छ।

प्रकाशित मिति:     ८ मंसिर २०७९, बिहीबार  |    Himali Khabar