पठाओको लोगो अङ्कित ज्याकेट लगाउन रोक

पठाओको लोगो अङ्कित ज्याकेट लगाउन रोक

काठमाडौं, १० चैत । पठाओ राइडरलाई पठाओको लोगो अङ्कित ज्याकेट लगाएर राइड गर्न रोक लगाइएको छ।

मंगलबार सरकारी निकाय र पठाओ बीच भएकाे छलफलले राइडरलाई पठाओको लोगो अङ्कित कपडा लगाउन रोक लगाएको हो।

अफलाइन राइडको विकृतीलाई निरुत्साहित गर्न र राइडको सहज परिस्थिति बनाउन उक्त निर्णय गरिएको पठाओ नेपाल प्रालीका क्षेत्रीय निर्देशक असिममान सिंह बस्न्यातले जानकारी दिए।

राइडरले पठाओको लोगो या ब्रान्ड झल्काउने कुनै पनि कपडा अर्को सूचना नआएसम्म प्रयोग नगर्न उनले अनुरोध गरे ।

प्रकाशित मिति:     १० चैत्र २०७७, मंगलवार  |    Himali Khabar