प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

प्याराग्लाइडिङ अनिश्चितकालका लागि बन्द

काठमाडौं । नवौं राष्ट्रिय खेलकुदमा सहभागी एक जना प्याराग्लाइडिङ खेलाडीको खेलका क्रममा मृत्यु भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले देशभर सञ्चालनमा रहेका सबै प्रकार प्याराग्लाइडिङ खेल अनिश्चतकालका लागि बन्द गर्ने निर्णय गरेको छ।

आइतबार खेलको क्रममा त्रिभुवन आर्मी क्लबका २६ वर्षीय निसिम थापाको निधन भइएको थियो। नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत क्रस कन्ट्री प्याराग्लाईडिङ खेल चलिरहेको अवस्थामा ब्लु स्काई कम्पनीको प्याराग्लाइडिङ आकाशबाट सारङकोटस्थित जमिनमा खस्दा उनको मृत्यु भएको थियो। अध्ययन गर्न भन्दै प्राधिकरणले सेवनै बन्द गर्ने निर्णय गरेको हो।

सारङकोटबाट उडे लगत्तै १०० मिटरमाथिबाट खसेका उनलाई मेट्रोसिटी अस्पताल पठाएकोमा डाक्टरले मृत घोषित गरेका थिए।

प्रकाशित मिति:     ३० आश्विन २०७९, आईतवार  |    Himali Khabar