आयल निगम डेढ वर्षपछि मासिक डेढ अर्ब नाफामा

आयल निगम डेढ वर्षपछि मासिक डेढ अर्ब नाफामा

काठमाडौं। नेपाल आयल निगम डेढ वर्षपछि नाफामा गएको छ। अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य प्रति ब्यारल ८७ अमेरिकी डलरमा आएपछि निगमको मासिक नाफा १ अर्ब ६० करोड हुने भएको छ।

इन्डियन आयल कर्पोरेसन(आइओसी)ले अक्टोबरमा पठाएको मूल्यमा निगमलाई पेट्रोल लिटरमा ६ रुपैयाँ ४५ पैसा र डिजल लिटरमा १२ रुपैयाँ नाफा हुनेछ। निगमका वितरण विभाग निर्देशक वीरेन्द्र गोइतले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेकाले निगम डेढ वर्षपछि नाफामा गएको जानकारी दिए।

डेढ वर्षको अवधिमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य आकासिँदा निगमले ५५ अर्ब गुमाएको थियो। निगमले यो अवधिमा तेल ल्याउनका लागि ४० अर्ब ऋण बोकिरहेको छ। ४० अर्बमध्ये झण्डै २५ अर्ब आइओसीलाई र १० अर्ब रुपैयाँ सरकार र वाणिज्य बैंकबाट ऋण लिएर तेल आपूर्ति गरेको थियो।

प्रकाशित मिति:     २१ आश्विन २०७९, शुक्रबार  |    Himali Khabar