व्यक्तिगत निम्तोमा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

व्यक्तिगत निम्तोमा स्थानीय तहका जनप्रतिनिधि विदेश भ्रमणमा जान नपाउने

काठमाडौं । व्यक्तिगत नाममा आएको निमन्त्रणामा अब स्थानीय तहका जनप्रतिनिधिले विदेश भ्रमणको अनुमति नपाउने भएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले २१ भदौमा राज्य मन्त्रिस्तरीय निर्णयबाट यस्तो प्रावधान ल्याएको हो ।

व्यक्तिगत निमन्त्रणा आउने, कार्यक्रम गैरसरकारी संस्थाले आयोजना गरेको प्रकृतिको हुने र कतिपय कार्यक्रम सम्बन्धित पदाधिकारीको कार्य क्षेत्रसँग सम्बन्धित नरहेको भन्दै विदेश भ्रमणको अनुमति दिन समस्या परेको कार्यालयको भनाइ छ ।

पछिल्लो समय प्रदेश तथा स्थानीय तहका जनप्रतिनिधि लाई आएका विदेश भ्रमणको सहमतिका लागि आउने सिफारिसमा व्यक्तिगत निमन्त्रणा बढी आएको भन्दै कार्यालयले यस्तो निर्णय गरेको छ ।

प्रकाशित मिति:     ४ आश्विन २०७९, मंगलवार  |    Himali Khabar