बुद्ध एयरले ९ महिनामै पौने ८ अर्ब कमायो

बुद्ध एयरले ९ महिनामै पौने ८ अर्ब कमायो

काठमाडौं । बुद्ध एयरले सन् २०२२ को ९ महिनामा ७ अर्ब ६९ करोड रुपैयाँ आम्दानी गरेको छ। यो कोरोना महामारी सुरु हुनुअघिकै वर्षभरकोभन्दा धेरै आम्दानी हो।

महामारी सुरु भएपछि तीनवटा जहाज थप गरेको बुद्धले यो आम्दानी नेपाली यात्रुबाटै सम्भव भएको हो। यसअघि सामान्य अवस्थामा कूल आम्दानीको २० देखि २५ प्रतिशत अमेरिकी डलर आम्दानी हुने भएपछि अहिले पर्यटक आगमन धेरै नहुँदा खुम्चिएको छ।

एयरलाइन्सको मासिक आम्दानीमा पनि बुद्धि भएको छ। यो वर्ष आएर बुद्धिले ८५ करोड मासिक आम्दानी गरेको छ। जबकी सन् २०१९ मा एयरलाइन्सले मासिक ५६ करोड आम्दानी गर्दै आएको थियो।

पछिल्लो समय आन्तरिक उडानमा यात्रुको संख्यामा वृद्धि भएको छ। यसको प्रभाव बुद्धको व्यापारमा देखिएको हो।

प्रकाशित मिति:     २७ भाद्र २०७९, सोमबार  |    Himali Khabar