नेपाली सेना, प्रहरी र समाजकल्याणलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

नेपाली सेना, प्रहरी र समाजकल्याणलाई बहाल कर बुझाउन महानगरको १० दिने अल्टिमेटम

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाली सेना, प्रहरी र समाज कल्याण परिषद्लाई घर बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको छ ।

महानगरपालिकाले नेपाली सेनाको केन्द्रीय कार्यालय थापाथली, समाज कल्याण परिषद लैनचौर र नेपाल प्रहरी प्रधान कार्यालय नक्साललाई बहाल कर बुझाउन १० दिने अल्टिमेटम दिएको हो ।

उक्त कार्यालयले आफ्नो क्षेत्रभित्र बहाल लगाई आम्दानी गरेको तर कर बुझाउन महानगरले पटक–पटक ताकेता गर्दै आए पनि नबुझाएको भन्दै जरिबनासहित कर बुझाउन भनेको छ । कर नबुझाए महानगरले राजस्व ऐन, २०७५ बमोजिम कारबाही गर्ने चेतावनी दिएको छ ।

प्रकाशित मिति:     २४ भाद्र २०७९, शुक्रबार  |    Himali Khabar