कति होला महिला लघुवित्तको ओपनिङ रेञ्ज !

कति होला महिला लघुवित्तको ओपनिङ रेञ्ज !

काठमाडौं, २६ फागुन । महिला लघुवित्त वित्तीय संस्थाको पहिलो कारोबारको लागि ओपनिङ रेञ्ज २ सय ९४ देखि ८ सय ८२ रुपैयाँ सम्म पाउने सम्भावना देखिएको छ। नेप्सेले कम्पनीको नेटवर्थ तीन गुणासम्म पहिलो कारोबारका लागि शेयर मूल्य तोक्ने भएकाले उक्त मूल्य बराबरको रेञ्ज हुने सम्भावना देखिएको हो ।

नेप्सेमा यसैसाता कम्पनीको सूचीकरण हुने प्रक्रियामा छ । कम्पनीको चालू आर्थिक वर्षमा प्रतिशेयर नेटवर्थ २ सय ९४ रुपैयाँ रहेको छ । सोही नेटवर्थको आधारमा नेप्सेले कम्पनीको पहिलो करोबारको लागि मूल्य तय गर्ने गर्दछ । गत माघ २८ गतेदेखि फागुन २ गतेसम्म कम्पनीले ४ लाख कित्ता आईपीओ निष्कासन गरेको थियो ।

प्रकाशित मिति:     २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar