बनेपाको उज्यालो महिला समाजलाई सेञ्चुरी बैंकद्वारा कम्युटर प्रदान

बनेपाको उज्यालो महिला समाजलाई सेञ्चुरी बैंकद्वारा कम्युटर प्रदान

काठमाडौं, २६ फागुन । सेञ्चुरी कमर्सियल बैंकले काभ्रे जिल्लाको बनेपाको उज्यालो महिला समाजलाई एक थान कम्प्युटर हस्तान्तरण गरेको हो । बैंकले आफ्नो सेवाको १० औं वर्ष पूरा गरी ११ औं वर्ष प्रवेशको अवसरमा बैंकको धुलिखेल र बनेपाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत उक्त सहयोग प्रदान गरेका हुन ।

बैंकका रिलेसनसिप म्यानेजर हरिकृष्ण दाहालको उपस्थितीमा धुलिखेल शाखा प्रमुख दीपक ढुंगाना र बनोपा शाखा प्रमुख अनिश थापाले संयुक्त रुपमा समाजको अध्यक्ष रुकमणि सिग्देल तिमल्सिनालाई हस्तान्तरण हस्तन्तरण गरेका हुन ।

अहिले बैंकले १ सय २२ वटा शाखा कार्यालय, १० वटा एक्सटेन्सन काउन्टर, २२ वटा शाखारहित बैंकिङ्ग र ८८ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरणमा अनुसार बैंकले ८३ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब २५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । कुल ९ अर्ब ३ करोड ४४ लाख ३० हजार रुपैयाँ चु्क्तापुँजी भएको बैंकको रिजर्भमा १ अर्ख ४५ करुोड २५ लाख २३ हजार रुपैयाँ छ ।

प्रकाशित मिति:     २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar