एनआईसी र स्वदेशी लघुवित्तले चैत ८ देखि एकीकृत कारोबार शुरु गर्ने

एनआईसी र स्वदेशी लघुवित्तले चैत ८ देखि एकीकृत कारोबार शुरु गर्ने

काठमाडौं, २६ फागुन । एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेडको र स्वदेशी लघुवित्त वित्तीय संस्था लिमिटेडको एकीकृत कारोबार चैत ८ गतेदेखि शुरु हुने भएको छ ।

भेरी नगरपालिका वडा ४, जाजरकोट जिल्लामा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको एनआईसी एशिया लघुवित्त र इटहरी उपमहानगरपालिका वडा ९ सुनसरीमा केन्द्रीय कार्यालय रहेको राष्ट्रियस्तर कार्यक्षेत्र भएको स्वदेशी लघुवित्त वित्तीय संस्थाको माघ ४ गते सम्पन्न छुट्टाछुट्टै वार्षिक साधारण सभाले एक आपसमा गाभिने प्रस्ताव पारित गरेको थियो ।

मर्जरको लागि कम्पनीले नेपाल राष्ट्र बैंकबाट गत पुस ९ गते र कम्पनी रजिष्ट्रारको कार्यालयबाट फागुन २३ गते स्वीकृति पाएको हो । मर्जरपश्चात कम्पनीको नाम एनआईसी एशिया लघुवित्त वित्तीय संस्था लिमिटेड रहने छ ।

प्रकाशित मिति:     २६ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar