बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान

बैंक तथा वित्तीय संस्था परिसंघको अध्यक्षमा गोल्यान

काठमाडौं, २३ फागुन । पवनकुमार गोल्यान बैंक तथा वित्तीय संस्था परिसङ्घ नेपाल (सिबिफिन) को अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् । परिसंघको प्रथम वार्षिक साधारणसभाले एनएमबी बैंकका अध्यक्षसमेत रहेका गोल्यानको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति निर्विरोध चयन गरेको हो ।

परिसंघको वरिष्ठ उपाध्यक्षमा भोजबहादुर शाह र विकास बैंकहरूको तर्फबाट उपाध्यक्षमा राजेश उपाध्याय निर्वाचित भए । परिसंघको महासचिवमा केशवबहादुर रायामाझी, कोषाध्यक्षमा तुल्सीराम अग्रवाल, सचिवमा कुशकुमार मल्ली र सहकोषाध्यक्षमा मनोजकुमार केडिया छन् ।

यस्तै सदस्यमा पृथ्बीबहादुर पाँडे, तुलसीप्रसाद गौतम, इच्छाराज तामाङ, उपेन्द्रकेशरी न्यौपाने, महेन्द्रकुमार गोयल, दशरथ रिमाल र हिरेन्द्रमान प्रधान चयन भएका छन् ।

प्रकाशित मिति:     २३ फाल्गुन २०७७, आईतवार  |    Himali Khabar