बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकको नयाँ शाखा कार्यालय संचालनमा

बालाजु र गौरीघाटमा सेञ्चुरी बैंकको नयाँ शाखा कार्यालय संचालनमा

काठमाडौं, १९ फागुन । सेञ्चुरी कमर्सियल बैंकले काठमाडौंको बालाजु र गौरीघाटमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ । वित्तीय पहुँच विस्तारको क्रममा बैंकले यी दुई स्थानमा शाखा कार्यालय संचालनमा ल्याएको हो ।

योसँगै कुल शाखा १ सय २२ पुगेको छ । यी बाहेक १० वटा एक्सटेन्सन काउन्टर, २२ वटा शाखारहित बैंकिङ्ग र ८८ वटा एटिएम मार्फत वित्तीय सेवा प्रदान गर्दै आइरहेको छ ।

बैंकले देशका सुगम तथा दुर्गम सबै क्षेत्रसम्म बैकिङ्ग सेवाविस्तार गर्ने उद्देश्यले यसअघि पनि विभिन्न स्थानमा शाखा तथा शाखा रहित बैकिङ्ग सेवा विस्तार गदै आएको छ ।

बैंकले चालू आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ८३ अर्ब ७९ करोड ४० लाख रुपैयाँ निक्षेप संकलन गरी ६९ अर्ब २५ करोड २० लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ ।

प्रकाशित मिति:     १९ फाल्गुन २०७७, बुधबार  |    Himali Khabar