क्रिप्टोकरेन्सीलाई गैह्रकानूनी ठहर गर्दै राष्ट्र बैंकले भन्यो – कारोबार नगर्नु

क्रिप्टोकरेन्सीलाई गैह्रकानूनी ठहर गर्दै राष्ट्र बैंकले भन्यो – कारोबार नगर्नु

काठमाडौं । नेपाल राष्ट्र बैंकले क्रिप्टोकरेन्सीलाई गैह्रकानूनी ठहर गर्दै कारोबार नगर्न आग्रह गरेको छ । केन्द्रीय बैंकको विदेशी विनिमय व्यवस्थापन विभागले एक सूचना जारी गर्दै क्रिप्टोकरेन्सी कारोबार, प्रयोग र यसको माइनिङ गैह्रकानूनी भएकाले कारोबार नगर्न–नगराउन सचेत गराएको हो ।

पछिल्लो समयमा क्रिप्टोकरेन्सीहरुको कारोबार , प्रयोग तथा माइनिङ जस्ता कार्यमा संलग्न हुन प्रोत्साहन गर्ने–गराउने काम भइरहेको बताएको छ । यस्ता कारोबारबाट सर्वसाधारण ठगिएको तथा ठगिनसक्ने देखिएकाले उक्त कारोबारमा संलग्न जो कोहीलाई पनि कानून बमोजिम कारवाही गर्ने चेतावनी नेपाल राष्ट्र बैंकले दिएको छ ।

प्रकाशित मिति:     २५ भाद्र २०७८, शुक्रबार  |    Himali Khabar