सिटिजन्स बैंकका थप १० कर्मचारी फरार

सिटिजन्स बैंकका थप १० कर्मचारी फरार

काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको आधारमा सिटिजन्स बैंकमा जागिर खाएका थप १० कर्मचारी फरार भएका छन् । काठमाडौं प्रहरी परिसरको विशेष टोलीले बैंकका ६ जना कर्मचारीलाई सोमबार साँझ पक्राउ गरेको थियो ।

उनीहरू सिटिजन्स बैंकका विभिन्न शाखा कार्यालयमा कार्यरत कर्मचारी रहेको काठमाडौं प्रहरी परिसरका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) कुमोध ढुंगेलले जानकारी दिए ।

पक्राउ पर्नेहरूमा मनिशा मास्के, गोमा ज्ञवाली, कल्पना खत्री, प्रतिक्षा रेग्मी, खिमानन्द गौतम र दीपक विष्ट छन् ।

उनीहरू पक्राउ परेसँगै थप १० जना कर्मचारी फरार रहेको प्रहरीले जनाएको छ ।

फरार हुनेहरुमा दिपककुमार झा, सुशान्त शर्मा, सुनिता भुसाल, चेतबहादुर थापासहित १० जना छन् ।

प्रकाशित मिति:     ३० श्रावण २०८०, मंगलवार  |    Himali Khabar