सेञ्चुरी क्यापिटल मार्केटद्वारा पनौतीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

सेञ्चुरी क्यापिटल मार्केटद्वारा पनौतीमा लगानीकर्ता सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं । सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड कमलादी काठमाडौंले पनौतीमा लगानीकर्ता सचेतना तथा अभिवृद्घि कार्यक्रम आयोजना गरेको छ । ताम्राकार पार्टि भेन्यु पनौतीमा असोज ३० गते आयोजना गरिएको हो ।


धितोपत्र नियमन निकायको अन्तराष्ट्रिय संस्था International Organazation of Securities Commission  (IOSCO) को आव्हानमा २०७९ असोज २६ गते देखि कार्तिक १ गते सम्म धितोपत्र बजार तथा वस्तु विनिमय बजार सम्बन्धि देशब्यापी रुपमा सचेतना कार्यक्रम भइरहेको छ ।
सेञ्चुरी कमर्सियल बैंक लिमिटेडका पनौती शाखा प्रमुख नविन माकाजुको संयोजकत्वमा संचालित उक्त सचेतना कार्यक्रममा सेञ्चुरी क्यापिटल मार्केट लिमिटेडका लगानी ब्यवस्थापन प्रमुख अञ्जु महर्जनले शेयर बजार सम्बन्धि बेसिक,फण्डामेण्टल र टेक्निकल एनालाईसिस अफ सेक्युरिटिज मार्केट विषयमा प्रशिक्षण दिनु भयो । साथै धितोपत्र बजारमा जोखिम रहित लगानीका लागि महत्वपूर्ण सुझाव तथा जानकारीहरु दिनु भयो । महर्जनले दोश्रो बजारमा धितोपत्र कारोबार गर्दा कम्पनीको वित्तीय विवरण तथा कम्पनीको ब्यवस्थापन हेरेर मात्र लगानी गर्न सुझाव दिनुभयो ।

क्यापिटलका वित्त ब्यवस्थापन प्रमुख मञ्जुषा श्रेष्ठले कार्यक्रमको उद्येश्य तथा महत्व बारे प्रकाश पार्नु भयो । साथै श्रेष्ठले हितग्राही खाता संचालन, शेयर अभौतिकरण तथा लगानी ब्यवस्थापन सम्बन्धमा क्यापिटलबाट निःशुल्क परामर्श तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दे जानकारी दिनुभयो ।

सेञ्चुरी कमर्सियल बैंक लिमिटेड धुलिखेलका शाखा प्रबन्धक हरिकृष्ण दाहालले हितग्राही खाता तथा मेरो शेयरको सेवा बैंकका शाखा कार्यालयबाट प्रदान गर्दै आएको र लगानी ब्यवस्थापनमा समेत बैंकको शाखा मार्फत सहजिकरण गरिने जानकारी दिनु भयो । कार्यक्रममा शेयर लगानीकर्ता, बैकर्स,उद्योगी,ब्यापारी, सहकारीकर्मी, विद्यार्थी तथा सेञ्चुरी कमर्सियल बैंकका पनौती, बनेपा,नाला,साँगाका शाखा प्रबन्धक तथा कर्मचारीहरुको उपस्थिति रहेको थियो । क्यापिटलले शेयर लगानीमा सचेतना अभिवृद्धिको लागि समय समयमा शेयर तथा पूँजी बजार सँग सम्बन्धित तालिम,वर्कसप तथा सचेतनाका कार्यक्रमहरु संचालन गर्दै आएको छ ।


सेञ्चुरी क्यापिटल मार्केट लिमिटेड सेञ्चुरी कमर्सियल बैङकद्घारा प्रबर्धित मर्चेन्ट बैंकर हो । बैंकले आधुनिक प्रविधिको माध्यमबाट देशका दुर्गम तथा शहरी क्षेत्रमा सरल बैंकिङ सेवा प्रदान गर्दै आएको छ । हाल बैंकको कुल शाखा १४८ पुगेको छ भने १० वटा एक्सटेन्सन काउन्टर २४ वटा शाखा रहित बंैकिङ र ११५ वटा एटिएम मार्फत बैकिङ्क सेवा प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित मिति:     ३१ आश्विन २०७९, सोमबार  |    Himali Khabar