काभ्रेको बेथानचोक २ मा सहकारी र शेयरबारे सचेतना कार्यक्रम सम्पन्न

काभ्रेको बेथानचोक २ मा सहकारी र शेयरबारे सचेतना कार्यक्रम सम्पन्न

काठमाडौं, ८ चैत । काभ्रेको बेथानचोक गाउँपालिका वडा नं. २ मा सहकारी शिक्षा शिविर तथा शेयर बजार सम्बन्धी सचेतना सम्बन्धी कार्यक्रम सम्पन्न भएको छ ।

पार्वती माध्यामिक विद्यालयमा आयोजित एक दिने कार्यक्रम मनकामना बचत तथा ऋण सहकारी संस्थाको आयोजना तथा बेथानचोक जेसिज र सिभिल क्यापिटलको समन्वयमा सम्पन्न भएको हो । उक्त शिविरमा स्थानीयलाई सहकारी र शेयर बजार सम्बन्धी जानकारी दिइएको थियो ।

कार्यक्रममा गाउँपालिका अध्यक्ष प्रेम बहादुर तिमल्सिना, संस्थाका अध्यक्ष बालकृष्ण दाहाल, बेथानचोक जेसिज वर्ष २०२१ का अध्यक्ष हरिकृष्ण दाहाल सिभिल क्यापिटल मार्केट लिमिटेडका दिपक शाह, नेपाल उद्योग वाणिज्य महासंघ अन्तर्गतको पूँजीबजार फोरमका सदस्य अधिवक्ता ज्योति दाहाल लगायत उक्त कार्यक्रममा करिब २०० जनाभन्दा बढीको उपस्थिति थियो ।

मनकामना बचत तथा ऋण सहकारी संस्थाले हाल काभ्रे, भक्तपुर र काठमाडौं जिल्लामा वित्तीय सेवा दिँदै आएको छ । संस्थाको केन्द्रीय कार्यालय बनेपामा रहेको छ ।

प्रकाशित मिति:     ८ चैत्र २०७७, आईतवार  |    Himali Khabar