महालक्ष्मी विकास बैंकको सिईओमा देवकोटा नियुक्त

महालक्ष्मी विकास बैंकको सिईओमा देवकोटा नियुक्त

काठमाडौं, १ चैत । महालक्ष्मी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा बोधराज देवकोटा नियुक्त भएका छन् । बैंकको आइतबार सम्पन्न सञ्चालक समितिको बैठकले देवकोटालाई सिईओमा चयन गरेको हो ।

उनले दुई साताअघि चैत १ गतेदेखि लागू हुनेगरी सिटिजन्स बैंक छाडेका थिए । सिटिजन्स बैंकमा स्थापनाकालदेखि नै आवद्ध रहेका देवकोटा २०७६ बैशाख १ गतेदेखि सिटिजन्समा डेपुटी सीईओको रुपमा कार्यरत थिए । सिटिजन्सअघि उनी नेपाल बैंकमा कार्यरत थिए ।

बैंकिङ क्षेत्रमा उनी २५ वर्षदेखि सक्रिय छन् ।

प्रकाशित मिति:     १ चैत्र २०७७, आईतवार  |    Himali Khabar