काठमाडौं । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपाललाई ३९ करोड ५९ लाख अमेरिकी डलर ऋण दिने भएको छ । बुधबार आइएमएफ बोर्ड बैठकले एक्सटेण्डेट क्रेडिट प्mयासिलिटी (इसिएफ) अन्तर्गत नेपाललाई ३८ महिना भित्र सहुलियपूर्ण ब्याजदरमा उक्त कर्जा दिने प्रस्ताव पारित गरेको हो ।
कर्जा रकम मध्ये ११ करोड डलर तत्कालै उपलब्ध गराइने आइएमएफले जारी गरेको विज्ञप्तीमा उल्लेख छ । यो रकम कोराना महामारीले असर पारेको क्षेत्रको पुनर्उत्थानका लागि खर्च गरिने छ । कोरोना महामारीले आर्थिक वर्ष २०७६र७७ मा नेपालको अर्थतन्त्रमा २।१ प्रतिशतको गिरावट आएको, आर्थिक वर्ष २०७७–७८ अर्थतन्त्रमा सुधार हुदँै २.७ प्रतिशतको आर्थिक बृद्धि भएको र चालु आर्थिक वर्षमा ४.४ प्रतिशतको बृद्धि हुने आइएमएफले अनुमान गरेको छ ।