सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा तीन सदस्य नियुक्त

सामाजिक सुरक्षा कोषको सञ्चालक समितिमा तीन सदस्य नियुक्त

काडमाडौं । सामाजिक सुरक्षा कोषको सञ्चालक समितिको रिक्त तीन सदस्य नियुक्त भएका छन् । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रालयले मन्त्रीस्तरीय निर्णयबाट नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकाल र नेपाल उद्योग परिसंघका कार्यसमिति सदस्य गोकुल भण्डारी र होटलको तर्फबाट समिका बुढाथोकी नियुक्त गरिएको हो ।

ढकाल आईएमई समूहका अध्यक्ष हुन् भने भण्डारी नेपाल ग्यासका कार्यकारी निर्देशक रहेका छन् । बुढाथोकी भने आरुसी बुटिक होटलको सञ्चालक हुन् । तीनै जनाकाे कार्यकाल चार वर्षको हुनेछ ।

यस्तै सामाजिक सुरक्षा कोषको अध्यक्षमा पनि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव सुर्यप्रसाद गौतम प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरुवा भएपछि मन्त्रालयका सचिवमा एकनारायण अर्यालय आएका छन् ।

प्रकाशित मिति:     १६ मंसिर २०७८, बिहीबार  |    Himali Khabar