स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन सरकारको आग्रह

स्वास्थ्य मापदण्ड पालना गरेर चाडपर्व मनाउन सरकारको आग्रह

काठमाडौं । जिल्ला प्रशासन कार्यालय काठमाडौंले नजिकिँदै गरेको चाडपर्व सुरक्षित तरिकाले मनाउन आग्रह गरेको छ । कार्यालयले एक विज्ञप्ति निकाल्दै उपत्यकालगायत देशभर कोरोना भाइरसको संक्रमण अझै जारी रहेको भन्दै स्वास्थ्य मापदण्ड पालना गरेर मात्र चाडपर्व मनाउन आग्रह गरेको छ ।

चाडपर्वमा भिडभाडलाई सकेसम्म कम गरेर सांकेतिक रुपमा मनाउन आग्रह गरिएको छ। यस्तै, सार्वजनिक यातायात, संघ–संस्था, उद्योगधन्दा—कलकारखाना र बैठक सेमिनारहरुलाई न्युनतम उपस्थितिमा स्वास्थ्य मापदण्डको पालना गर्दै संचालन गर्न निर्देशन दिइएको छ।

प्रकाशित मिति:     १४ आश्विन २०७८, बिहीबार  |    Himali Khabar