पुनर्निर्माण प्राधिकरणको काम हस्तान्तरणको तयारी

पुनर्निर्माण प्राधिकरणको काम हस्तान्तरणको तयारी

काठमाडौं । आगामी पुस १० गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको समयाधि सकिँदै छ । प्राधिकरणबाट अहिले भइरहेका कामहरु सम्बन्धित मन्त्रालय तथा निकायलाई हस्तान्तरण गर्ने तयारी प्राधिकरणले गरेको छ ।

प्राधिकरणका सह–प्रवक्ता मनोहर घिमिरेका अनुसार भदौ मसान्तभित्र हस्तान्तरणको काम सक्ने तयारी गरिएको छ । प्रधानमन्त्री एवम् प्राधिकरणको निर्देशक समितिका अध्यक्ष शेरबहादुर देउवाको अध्यक्षतामा बसेको निर्देशक समितिको २० औं बैठकले निजी आवास लगायतका कार्यहरुको हस्तान्तरण शुरु गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार भदौ मसान्तसम्म प्राधिकरणले आफ्नो जिम्मेवारीमा रहेका कामहरु सम्बन्धित मन्त्रालय र निकायहरुलाई हस्तान्तरण गर्न लागेको हो ।

प्रकाशित मिति:     २४ भाद्र २०७८, बिहीबार  |    Himali Khabar